Skip This
फिफिया एपमार्फत १८२ जनालाई ठगी, ४८ विरुद्ध मुद्दा दायर 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ७ बिहीबार o९:४२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

फिफिया एपमार्फत १८२ जनालाई ठगी, ४८ विरुद्ध मुद्दा दायर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार o९:४२:oo

नेटवर्किङ शैलीमा फिफिया एपमार्फत अनलाइन सट्टेबाजीबाट एक सय ८२ जना ठगिएका छन् । ठगीमा संलग्न ४८ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध भई नेपालमा कम्पनी नै दर्ता गरेर यससम्बन्धी ठगीमा संलग्न भोजपुर घर भई काठमाडौं बस्ने दादिकी शेर्पा र रामेछापका जीवनकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको हो । 

उनीहरूको गिरोहमा अन्य ४६ जनाको संलग्नता देखिएको र उनीहरूलाई फरार प्रतिवादी बनाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सरकारी वकिलमार्फत जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको कसुरअनुसार मुद्दा दायर गरेको छ । उनीहरूले एक सय ८२ जनालाई तीन करोड ७४ लाख ५४ हजार नौ सय ९८ रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । ठगीका लागि फिफिए अनलाइन प्रालि नामक कम्पनी नै दर्ता गरी सेमिनारसमेत गरेर सर्वसाधारणलाई झुक्याएर ठगिएको हो । यसको मुख्य व्यक्ति दादिकी भएको प्रहरीले जनाएको छ । 

फेसबुकमार्फत चिनजान भएको व्यक्तिको प्रस्तावअनुसार आफूले यो काम गरेको दादिकीको बयान छ । चेन फी नामक व्यक्तिले आफूलाई फेसबुकमा रिक्वेस्ट पठाई फिफिया एपमार्फत नेटवर्किङको काममा लगाएको उनले बताएकी छिन् । यसबाट आफूले साढे तीन लाख कमाएको उनको बयान छ । 

सहजै आम्दानी गर्न सकिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन नै गरेर ठूलो संख्यामा नेपालीलाई ठगी भएको हो । सुरुमा एउटा लिंक पठाएर अकाउन्ट खोल्न लगाउने र त्यसमा तीन सय रुपैयाँ बोनस दिने गरिन्छ । त्यो निकाल्न पाँच सय चाहिने भन्दै बेटिङलगायतमा उत्प्रेरित गर्ने र फसाउँदै लगेर ठगी हुने गरेको हो । जति धेरैलाई सो एपमा सिफारिस गर्‍यो, त्यति धेरै बोनस आउने भनेर नेटवर्किङ शैलीमा उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ । कतिपयले हजारौँ रकम जम्मा गरेकोमा त्यो रकम फिर्ता नपाएको भनेर उजुरी गरेका छन् । 

सुरुमा तीनजनाले ११ लाख ठगी भएको भनेर दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शेर्पालाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा संगठित गिरोहकै संलग्नता देखिएको हो । प्रहरीले बोधविक्रम मण्डल, नरेन्द्र गुरुङ, ज्ञानबहादुर राई, साङ्गे शेर्पा, सरोज थापा, चन्द्रबहादुर भण्डारी, सुप्रिया पाण्डे, विशाल देउजा, रेणु चौधरी, सुशील कार्की, सुमान्त केसीलगायतलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।