१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तुलसीपुरमा मृत भेटिएका दाजुभाइकाे शव आफन्तलाई जिम्मा लगाइयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५o:oo

दाङको तुलसीपुरमा मृत भेटिएका दाजुभाइको शव आफन्तले बुझेका छन् । मंगलबार पोस्टमार्टम भएपछि उनीहरूको शव प्रहरीले आफन्तलाई बुझाएको हो । सोमबार तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा भाडामा बस्दै आएका तुलसीपुर उपमहानगरपालिका– १६ डोक्रेनाका ३४ वर्षीय पूणर्बहादुर बस्नेत र उनका सहोदर भाइ ३० वर्षीय टेकबहादुर बस्नेत घरभित्र मृत फेला परेका थिए । 

तर, टेकबहादुरकी श्रीमती रोल्पास्थित माइतीबाट फर्केपछि मात्रै शव निकाल्न भनेपछि मंगलबार बिहान शव निकालेर पोस्टमार्टम गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए।  उनीहरू दुई भाइ एउटै कोठामा मृत अवस्थामा भेटिएका थिए । कान्छो भाइ टेकबहादुर भदौमा मात्रै विदेशबाट घर फर्किएका थिए भने उनका  दाजु साहिँला पूर्णबहादुर दसैँ मनाउन भारतबाट आएका थिए । 

टेकबहादुरको परिवार र छोरा तुलसीपुरको गाइडहरमा विगत एक वर्षदेखि कोठा भाडामा बस्दै आएका थिए । पोस्टमार्टम रिपोर्ट भने आएको छैन । उक्त रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्ने प्रहरीले बताएका छ । प्रहरीका अनुसार कोठामा कीटनाशक विषादीको खोल फेला परेको छ ।

ad
ad