
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्वप्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन्।
पोखरीयामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले रौनियारलाई फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।
रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौँ नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्।
०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका राजकुमार गुप्तालाई हराएर रौनियार निर्वाचित भएका थिए। एमाले प्रवेश गरेका रौनियार पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्षसमेत हुन्।