१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २० बिहीबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विंगर बसको ठक्करबाट एकको मृत्यृ, प्रहरी हवल्दार घाइते

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२५:oo

सर्लाहीको हरिवनमा विंगरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोमबार बिहान हरिवन नगरपालिका– ९, नोचामा विंगरको ठक्करबाट सोही स्थान बस्ने ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको हो । प्रदेश ३–००१ ज ०३४२ नम्बरको विंगरको ठक्करबाट अचेत बनेकी पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन पुर्‍याएपछि चिकित्कसले मृत घोषणा गरेका थिए । 

पोखरेल नजिकै रहेको छठघाटबाट बिहान घर जान लाग्दा दुर्घटनामा परेको परिवारजनले जनाएका छन् । यस्तै, सोही घटनामा परेर सोही स्थानमा तैनाथी रहेका ट्राफिक प्रहरी हवल्दार सुबाेधकुमार यादव गम्भीर घाइते भएका छन् । महिलालाई ठक्कर दिएको विंगरलाई रोक्न खोज्दा प्रहरी हवल्दार यादवलाई समेत ठक्कर दिएको हो । अनियन्त्रित रहेको विंगरले पार्किङ गरिराखेको प्रदेश २–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको छ । 

घाइते प्रहरी हवल्दारको बायाँ खुट्टामा चोट लागेको र स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न विंगर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरीले बताए । 

ad
ad