१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० सिरिजमा नेपाल तेस्रो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२१:oo

हङकङमा भएको चारदेशीय टी–२० क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली तेस्रो भएको छ । हङकङमा तेस्रो स्थानका लागि आइतबार भएको खेलमा नेपालले जापानलाई ४५ रनले हरायो । नेपालले तीन खेलबाट २ अंक जोड्यो । नेपाल तान्जानिया र हङकङसँग पराजित भएको थियो । वाङ नाई मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११५ रन बनाएको थियो । प्रत्युत्तरमा जापानले ६ विकेटको नोक्सानीमा ७० रन जोडेको थियो । नेपालको जितमा ओपनर पूजा महतोले सर्वाधिक ४३ रन बनाइन् । 

सुधारिएको ब्याटिङ प्रदर्शन
अघिल्लो दुई खेलमा नेपाली महिला खेलाडीले खराब ब्याटिङ प्रदर्शन गरेका थिए । कमजोर प्रतिद्वन्द्वी जापानसँग नेपालले सुधारिएको ब्याटिङ गरेको थियो । यद्यपि, निरन्तर विकेट गुमाए पनि नेपाली महिला खेलाडीले गतिलो साझदोरी गरेका थिए । नेपालले पहिलो विकेटका लागि ६ रन जोड्यो । सीता रानामगरले ६ बलमा ५ रन बनाइन् । त्यसपिछ पूजाले कप्तान इन्दु बर्मासँग दोस्रो विकेटका लागि २० रनको साझेदारी गरिन् । कप्तान इन्दुले २१ बलमा १२ रन बनाइन् । 

पूजाले पूर्वकप्तान रुविना क्षेत्रीसँग तेस्रो विकेटका लागि ३६ रन जोडिन् । रुविनाले १९ बलमा दुई चौकाको सहयोगमा २१ रन बनाइन् । त्यसपछि पूजाले रोमा थापासँग चौथो विकेटका लागि ४७ रनको गतिलो साझेदारी गर्दै नेपालको स्कोरलाई १८.५ ओभरमा १०९–५ को स्थितिमा राखिन् ।  

कमजोर जापान
जापानको ब्याटिङमा ओपनरबाहेक अन्य खेलाडी चल्न सकेनन् । ओपनरले पहिलो विकेटका लागि १०.५ ओभरमा ३७ रनको साझेदारी गरे । अकारीले ५१ बलमा दुई चौकाको सहयोगमा २९ रन बनाइन् । हिनासेले ३४ बलमा १६ रन जोडिन् । पाँच जापानिज ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

ad
ad