मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ४ सोमबार १०:०५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माओवादी र नेसपाबीच एकता प्रक्रिया अघि बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ४ सोमबार १०:०५:००

माओवादी र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । आइतबार बसेको दुवै पार्टीको वार्ता समितिको बैठकले पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको छ ।

माओवादी वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपा वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले पार्टी केन्द्रलाई सुझाव दिने निर्णय गरेका हुन् ।

‘बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्नलगायत विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो,’ आइतबार जारी वक्तव्यमा भनिएको छ । बैठकमा वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भएको थियो ।