१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका रुकुम पूर्व
२o८o मङ्सिर ३ आइतबार १४:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचार अन्त्यका लागि सार्थक र योजनाबद्ध अभियानमा छाैँ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, रुकुम पूर्व
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार १४:३३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताएका छन्।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रूपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्यका लागि सरकारले सार्थक र योजनाबद्ध अभियान चलाएको बताएका हुन्। 

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आमजनताको सार्थक सहयोग जरुरी रहेको बताए। 

प्रधानमन्त्री दाहालले नियमित रूपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख गरे। 

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देशविरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ। 

तराई–मधेशमा लामो समयसम्म सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजीविरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उनले उल्लेख गरे। 

वर्तमान सरकारले विकास निर्माणको कामलाई पनि सार्थक रूपमा अगाडि बढाएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लामो समयदेखि चर्चामा सीमित भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामसमेत अगाडि बढेको बताए। 

नेपाल र भारतबीचमा रहेको सीमा समस्या समाधान गर्न भारतका प्रधानमन्त्रीसँग कुराकानी भएकोसमेत प्रधानमन्त्री दाहालले जानकारी दिए। 

 चीनले हिमाली नाकासँगसम्बन्धी रहेर थुप्रै परियोजना सञ्चालनका लागि सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सोही परियोजनाअन्तर्गतको एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने स्पष्ट पारे। सो परियोजनाले यस जिल्लाका नागरिकको जीवनस्तरमा सुधार आउने उनको भनाइ छ।

पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको तथ्य पेस गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको बताए। 

विगतको जस्तो विभाजित भएर नभई एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए। नेकपा महासचिव नेत्रविक्रम चन्दसँग आज बिहान मात्रै छलफल भएको जानकारी दिँदै उनले डा बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गरे।