मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० मङ्सिर २ शनिबार १८:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वडा कार्यालयद्वारा एकल महिलालाई बाख्रा वितरण

Read Time : < 1 मिनेट
२०८० मङ्सिर २ शनिबार १८:५६:००

फुङलिङ नगरपालिकाको ८ नम्बर वडा कार्यालयले एकल महिलाका लागि निःशुल्क बाख्रा वितरण गरेको छ। एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताए।

वडाभित्रका ६० वर्षभन्दा कम उमेर भएका ३३ जना एकल महिलालाई एक–एकवटा बाख्रा निःशुल्क वितरण गरिएको वडाध्यक्ष सुनुवारले जानकारी दिए। उनका अनुसार वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन्।

वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रा कम्तीमा दुई वर्षसम्म आफ्नै घरमा पालेको हुनुपर्नेछ। समय समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयबाट प्रवाह हुने अन्य सेवा सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको वडाध्यक्ष सुनुवारको भनाइ छ।