१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२४:oo

चार दिवसीय छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ। छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो वस्त्र धारण गरेर विनाप्याज, लसुनको अरबा चामल सेवन गरेका थिए। पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहाखाय भनिन्छ। यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्।

आज पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ। खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ। 

प्रसादका रूपमा विशेष गरी पाकेको केरा र खिर लिने चलन छ। आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) चढाई सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्दछ। 

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ। छठपूजाकाे सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ। पूजाकाे सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गए अनिष्ट हुने जनविश्वास छ। यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने गरिन्छ।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ। यस दिन बिहान उषाकालमा व्रत लिने पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याउँछन् र प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ। अर्घ्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतालुले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ।  


 

ad
ad