१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
छठका लागि झकिझकाउ गौरीघाट र कमलपोखरी (तल) । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

छठको उत्सवमा काठमाडौं

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१२:oo

काठमाडौंमा छठ पर्वको भव्य तयारी भएको छ । छठी माईको पूजाका लागि काठमाडौंका नदी, पोखरी र जलाशयको सरसफाइ तथा सजावट लगभग अन्तिम चरणमा पुगेको छ ।

छठका लागि काठमाडौंका कमलपोखरी, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायत पोखरीमा सरसफाइ र सजावटका काम अन्तिम चरणमा पुगेको हो । छठको दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्ने प्रचलन रहेको छ । 

छठको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा विसर्जन गरिन्छ । छठको तयारीस्वरूप कमलपोखरीमा पनि सरसफाइ, टेन्ट राख्ने र बत्ती जडान गर्ने काम पूरा भएको कमलपोखरी छठ कमिटीका अध्यक्ष राजेन्द्र सिंहले बताए । 

‘छठको तयारीस्वरूप धेरै काम गरिसकेका छौँ । सरसफाइको काम भइसकेको छ । टेन्ट राख्ने र बत्ती जडान गर्ने काम पनि सकेका छौँ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई निमन्त्रणा पनि दिएका छौँ,’ सिंहले भने । 

कमलपोखरीमा ०६८ देखि छठ पूजा सुरु भएको हो । कमलपोखरी स्पोर्टस् क्बलको आफू अध्यक्ष हुँदा कमलपोखरीमा भएको फोहोर हटाउन, मधेश र काठमाडौंबीचको भाइचारा देखाउन सुरु गरिएको सिंहले बताए । ०६८ मा करिब २० वटा घाटबाट सुरु भएपनि हाल तीन सय नौ घाटको व्यवस्था गरिएको छ । उनका अनुसार हालसम्म दुई सय घाट बुकिङ भइसकेको छ । 

कमलपोखरीमा जस्तै गौरीघाटमा पनि छठको लगभग तयारी पूरा भएको छ । गौरीघाटमा सजावटको काम सम्पन्न भइसकेको छ । बत्ती जडान, टेन्ट राख्नेलगायत काम पनि पूरा भइसकेको छ । नदी सफाइको काम भने १० प्रतिशत बाँकी रहेको गौरीघाट गुह्येश्वरी छठ पूजा समितिका सचिव राजकुमार पोद्दारले बताए । 

उनका अनुसार मूर्ति राख्ने, फूलको थप सजावट गर्ने र १० प्रतिशत बाँकी रहेको नदी सफाइको काम गरिनेछ । ‘छठको लगभग तयारी पूरा भइसकेको छ । भोलि मूर्ति राख्ने, थप फूलले घाट सजाउने र नदी सफाइको केही काम छन् । ती काम सकाउँछौँ,’ उनले भने ।

गौरीघाटमा बनाइएका पाँच सय ४० घाटमध्ये पाँच सय १३ घाटको बुकिङ भइसकेको छ । ती घाट केही सशुल्क र केही निःशुल्क भएको उनले बताए । ‘शुल्क दिन सक्नेमार्फत केही शुल्क लिन्छौँ । दिन सक्दैनौँ भन्नेबाट लिँदैनौँ,’ सचिव पोद्दारले भने । यीबाहेक अन्य पोखरी, जलाशयमा पनि छठको तयारी लगभग पूरा भएको छ ।

यसपालि पनि खुलेन रानीपोखरी 
आठ वर्षअघि भूकम्पका कारण बन्द भएको रानीपोखरी यस वर्ष पनि छठ पर्वका लागि खुल्न सकेन । तिहारका लागि सरसफाइ गरेर तयारी अवस्थामा राखेपनि रानीपोखरी नखुल्ने काठमाडौं महानगरपालिकाले बताएको छ । गत वर्ष रानीपोखरी पुनर्निर्माण सम्पन्न भइनसकेको र महानगरलाई हस्तान्तरण पनि नभइसकेकाले गत वर्ष रानीपोखरी खुलेको थिएन । तर, यस वर्ष कसैले पनि छठका लागि खोल्नुपर्ने माग नगरेकाले रानीपोखरी नखोलेको महानगरले जनाएको छ ।

‘भूकम्पपछि सुरक्षा दृष्टिकोणले पनि रानीपोखरीमा छठ मनाउनका लागि सम्भव थिएन । पुनर्निर्माण भएर हस्तान्तरण पनि भएको थिएन । तर, यसपालि भने कसैले पनि छठ पर्व मनाउनका लागि भनेर प्रस्ताव लिएर आएनन् । त्यसैले यसपटक पनि रानीपोखरी खुल्दैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने । उनका अनुसार महानगरले छठ पर्वका लागि कमलपोखरीलगायत पोखरी र जलाशयको सरसफाइ गरिसकेको छ । छठका लागि शान्ति सुरक्षासमेत महानगरले गर्ने जनाएको छ । ०६३ देखि छठ मनाउन थालिएको रानीपोखरीमा भूकम्पका कारण ०७२ देखि छठ मनाइएको छैन । 

ad
ad