Skip This
अभियुक्तलाई पक्राउ गर्न तीन राउन्ड गोली प्रहार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २ शनिबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर २ शनिबार o६:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अभियुक्तलाई पक्राउ गर्न तीन राउन्ड गोली प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २ शनिबार o६:५५:oo

अभियुक्तलाई पक्राउ गर्न बाँके प्रहरीले तीन राउन्ड गोली चलाएको छ । कोहलपुर नगरपालिका– १२ चप्परगौडीका २९ वर्षीय मीनबहादुर विकलाई धारिलो हतियार प्रहार गरी फरार रहेका बैजनाथ गाउँपालिका घर भई हाल कोहलपुर नगरपालिका– ११ बस्दै आएका आकाशजंग रानालाई नियन्त्रणमा लिन बाँके प्रहरीले गोली चलाएको हो । 

जानकी गाउँपालिका– ४ मा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा उनीमाथि तीन राउन्ड गोली प्रहार गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । तीन राउन्ड गोलीमध्ये एउटा गोली रानाको दायाँ खुट्टाको तिघ्रामा लागेको डाँगीले बताए । घाइते रानाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

डिएसपी डाँगीका अनुसार पक्राउ परेका रानासहितको समूहले ३० कात्तिक बिहान विकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । विकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको छ । 

रानाले २८ कात्तिकमा कोहलपुर नगरपालिका– ११ मा एक महिलालाई बलात्कार प्रयास गरेको उजुरीसमेत परेको प्रहरीले जनाएको छ । उनी लागुऔषध मुद्दामा पाँच वर्ष जेल बसेका थिए ।