१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अर्घाखाँचीको भैरव नाच काठमाडौंको वसन्तपुरमा देखाइयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२५:oo

अर्घाखाँचीको प्रसिद्ध ऐतिहासिक भैरव नाचलाई काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरिएको छ । अर्घाखाँचीका स्थानीय तह, सांस्कृतिक संस्था, गुठी संस्था, स्थानीयवासी, हनुमानढोका हेरचाह कार्यालयलगायतको समन्वयमा भैरव नाचलाई बुधबार काठमाडौंमा प्रदर्शन गरिएको हो ।

काठमाडौं उपत्यकाकाभित्र पनि भैरव नाच प्रसिद्ध मानिन्छ । भैरव नाचलाई अर्घाखाँची जिल्लाको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक नाचका रूपमा लिइन्छ । जिल्लाका केही मठ–मन्दिरहरूमा यो नाच हरेक वर्ष प्रदर्शन गरिन्छ । यसप्रकारको नाचमा करिब १० किलोको मखुन्डो भिरेर र डङ्किनीलाई साथमै लिएर लगातार तीन घन्टासम्म प्रदर्शन गरिन्छ । यस हिसाबमा पनि अर्घाखाँचीको भैरव नाच फरक मानिन्छ ।

जिल्लामा सीमित रहेको फरक किसिमको भैरव नाचलाई प्रचारप्रसार गर्न र संस्कृति आदान–प्रदान गर्न काठमाडौंमा भैरव नाच प्रदर्शन गरिएको भैरव नाचका संरक्षकर्ता माधव श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यका तथा अन्य ठाउँमा देखाइने भैरव नाचभन्दा अर्घाखाँचीमा देखाइने भैरव नाच भिन्न छ । यहाँ पञ्चेबाजाका साथमा भैरव नाच प्रदर्शन गरिन्छ भने भैरवको मखुन्डो तथा पहिरन पनि फरक हुने गर्छ । ‘भैरव नाच ऐतिहासिक नाच हो, हामीले पञ्चेबाजासहित यो नाच वसन्तपुरमा प्रदर्शन गरेका छौँ,’ उनले भने, ‘ऐतिहासिक जात्रा–पर्वहरूलाई संरक्षण गर्न हामीले यसको प्रचारप्रसार पनि गरेका हाैँ ।’ 

जिल्लामा यो नाच विशेष नेवार समुदायसँग सम्बन्धित छ । पछिल्लो समय नयाँ पुस्ताको जात्राप्रति आकर्षण नहुँदा यसको जगेर्ना गर्न कठिन हुन थालेको छ । साथै, ग्रामीण क्षेत्रमा रोजगारका लागि नयाँ पुस्ता बिदेसिने क्रम बढेकाले पनि जात्रा तथा पर्वहरू संकटमा पर्ने डर देखिएको भैरवनाथ व्यवस्थापन समितिका संयोजक अभिमन्यु बस्यालले जानकारी दिए । उनका अनुसार यस प्रकारको नाचलाई काठमाडौंमा लाखे नाच भन्ने गरिए पनि अर्घाखाँचीमा भैरव नाचले प्रसिद्ध छ । नाच प्रदर्शन गर्दा भैरवको स्वरूपमा लगाइने कालो मुकुटलाई शिवजीको प्रतीक मानिन्छ भने रातो मुकुट देवी र सेतो मुकुट गणेशको प्रतीकका रूपमा रहेका छन् ।

ad
ad