उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन्।
नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएको करिब एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिने बताइएको छ।
उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि तय भएको संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमण स्थगित गरिसकेका छन्।
खड्का हाल भूकम्प प्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनर्स्थापनाको काममा खटिएका छन्।