१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:५१:oo

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको छ।

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितलगायतका विषयमा छलफल भएको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले  दुई देशबीच रहँदै आएको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूका लागि चीनले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरे।

सो अवसरमा सचिव जुनझेङले नेपालले विगतदेखि नै लिँदै आएको एक चीन सिद्धान्तप्रति आभार व्यक्त गरेकाे जनाइएको छ।

ad
ad