मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २३ बिहीबार १३:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेन्ट्रल फाइनान्सद्वारा कम्प्युटर सामग्री र आर्थिक सहयोग वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १३:५२:oo

सेन्ट्रल फाइनान्स लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिकाका दुई विद्यालयलाई कम्प्युटर सामग्री र एक विद्यालयलाई आर्थिक सहयोग वितरण गरेको छ।

फाइनान्सले वडा नम्बर १० स्थित हंसबाहिनी आधारभूत विद्यालय र वडा नम्बर ९ स्थित ब्रह्माचारिणी आधारभूत विद्यालयलाई कम्प्युटर, थ्री इन वन प्रिन्टर र युपिएस एक–एक सेट तथा ब्रह्मायणी आधारभूत विद्यालयलाई विद्यालयको छतमा फल्स सिलिङका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाको भक्तपुर शाखा प्रमुख कान्छी मैया प्रजापतिले उक्त सामग्रीहरू विद्यालयका प्रधानाध्यापकहरू क्रमशः सूर्यबहादुर फोंजू, राधिका मैया कोजू र तीर्थलक्ष्मी धन्छालाई वितरण गरेकी हुन्।

यस सहयोगले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापकहरूको भनाइ थियो। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक–शिक्षिकाहरू तथा फाइनान्सका कर्मचारीहरूको पनि उपस्थिति थियो ।