१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
रासस गलकोट (बागलुङ)
२o८१ जेठ ३ बिहीबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

होमस्टेमा बाह्य पर्यटक कोदो टिप्छन्, साग केलाउँछन्

Read Time : > 1 मिनेट
रासस, गलकोट (बागलुङ)
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:o८:oo

यसै साता विश्व भेगन अर्गनाइजेसनमा आबद्ध छ बाह्य पर्यटक पर्यटकीय गाउँ भकुन्डे पुगे । बागलुङको भकुन्डे गाउँको अतिथि सत्कार होमस्टे (घरवास)मा उनीहरू पाँचौँपटक पुगेका हुन् । बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन् । 

यतिवेला घरवास सञ्चालकलाई बाली थन्क्याउने चटारो छ । तर, भेगनमा आबद्ध पर्यटक भने घरवास सञ्चालकलाई काममा सघाउँछन् । काम गर्न तथा कामबारे जान्नसमेत मन पराउने भएकाले घरवास सञ्चालकसँगै कतिपयले कोदो टिप्छन् भने कतिले साग केलाउने गरेका अतिथि सत्कार घरवासका सञ्चालक याम थापाले बताए । भेगन मात्रै होइन, बाह्य पर्यटकसमेत खेतबारीमा पुगेर काममा सघाउँछन् । हालै कोरियाबाट एउटा समूह घरवास पुगेर फर्किसकेको छ । घरवासमा अमेरिका, क्यानडा, दक्षिण कोरिया, चीनलगायत मुलुकबाट बढी पर्यटक आउने गरेका छन् ।

बाह्य पर्यटकले घरवासमा अर्ग्यानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने र घरवास सञ्चालकलाई काममा सघाउने गरेका थापा बताउँछन् । ‘यतिवेला भकुन्डेमा कोदो भित्र्याउने चटारोमा पुगेका बाह्य पर्यटकले कोदो ठटाउने र केलाउने गरेका छन्, घरवास सञ्चालकसमेत दिउँसो कोदो काट्न पुग्छन्, तर भेगनमा आबद्ध पर्यटक रमाइलो गर्न काम गर्छन्,’ थापाले भने, ‘बाह्य पर्यटकले कोदोको बाला टिप्ने, साग टिपेर केलाउने गर्नुहुन्छ, उनीहरू यसमै रमाउने गरेका छन् ।’

नेपालको खेतीपाती र कला–संस्कृतिका विषयमा बाह्य पर्यटकलाई चासो हुने भएकाले उनीहरूले परीक्षण गर्ने र खेतीपातीको विषयमा जानकारी दिनसमेत कोदोबारीमा पुगेको आफूले अनुभव गरेको घरवास सञ्चालिका इन्द्रा थापाले बताइन्। पाँचाैँ समूहअन्तर्गत अमेरिकाका चार, क्यानडा र जर्मनकीका एक–एक पर्यटक तीन दिन अतिथि घरवासमा रमाएका पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए । बाह्य पर्यटक त्यहाँका स्थानीयले गर्दै आएका हरेक क्रियाकलापमा सहभागी हुने गरेको उनले बताए । मासु तथा मासुजन्य पदार्थ उपभोग नगर्ने भेगनमा आबद्ध विदेशी पर्यटकले त्यहाँको हरेक काममा आफैँ अग्रसर भएर सहयोग गर्दै आफूलाई त्यही काममा रमाइलो मान्ने गरेको बताए। 

‘अहिलेको बाह्य पर्यटकको समूहसँगै भकुन्डेमा पाँच समूह आइसकेको छ, उनीहरू पदमार्ग हुँदै भकुण्डे पुग्छन्,’ शर्माले भने, ‘बाह्य पर्यटक हिमाल, दृश्यावलोकन, कला–संस्कृतिसँगै आफैँ काम गरेर रमाउँछन् ।’

भकुन्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रामार्ग आफ्नै पहलमा रेखांकन गरिएको शर्माको भनाइ छ । पर्यटनमैत्री पूर्वाधारको खाँचो रहेको उनी बताउँछन् । पुराना पदमार्गमा ढुंगा छापेरै जीवन्त दिनुपर्ने शर्माले बताए ।  जिल्लाकै पहिलो अतिथि सत्कार घरवासमा मगर समुदायका १५ घर समावेश गरिएका छन् । घरवास सञ्चालनमा आएसँगै भकुन्डेले मुहारै फेरेको छ । भकुन्डेको शिरमा रहेको मुलाबारी भ्युटावर, मध्यभागमा रहेको बराह ताल पर्यटक लोभ्याउने माध्यम बनेका छन् । घरवासमा एक रातमा ८० जना बस्न मिल्ने सञ्चालक प्रेम थापाले बताए ।  

घरवासमा पर्यटकको बसाइ लम्ब्याउन उद्यानसमेत निर्माण गरिएको छ । घरवासमा हेलिकोप्टरमार्फत विदेशी पर्यटक आउने गरेका छन् । बागलुङ बजारबाट तीन घन्टाको पैदल र डेढ घन्टाको यातायात साधनमा पुग्न सकिन्छ । घरवास ०७३ सालमा सञ्चालनमा आएको हो । घरवास सञ्चालकले गाउँमै उत्पादित  आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार पाहुनाको रोजाइअनुसार खुवाउने गरेका छन् ।

ad
ad