१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भ्रमण स्थगित गरी भूकम्प प्रभावित क्षेत्रमा गएका राष्ट्रपतिले घाइतेलाई सँगै काठमाडाैं ल्याए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:५६:oo

भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले थप उपचारका लागि आफू चढ़ेको जहाजमा सुर्खेतबाट सँगै काठमाडौं ल्याएका छन्। 

राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका थिए। उनले त्यहाँ भूकम्पमा परी घाइते भएका बिरामीसँग भेटघाट तथा ध्वस्त भएका संरचनाको स्थलगत अवलोकन गरेका थिए। 

साथै, उनले उद्धार र राहतको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्। 
 

ad
ad