१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 09 May, 2025
२o८o कार्तिक १९ आइतबार १८:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुर महानगरले भूकम्प प्रभावितका लागि एक करोड सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार १८:४३:oo

भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि एक करोड आर्थिक सहयोग गर्ने  निर्णय गरेको छ।

आइतबार बसेको ८७औँ कार्यपालिका बैठकले सो निर्णय गरेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन्।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको तीन दिनको तलब, मावि शिक्षकको तीन दिनको तलब, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपत् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको प्रमुख दाहालले बताइन्।

प्रमुख दाहालले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण भरतपुरवासीलाई आह्वान गरेकी छिन्।