१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

छैटाैँ चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पोको औपचारिक उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२१:oo

छैटाैँ चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पो (सिआइआइई)को औपचारिक उद्घाटन गरिएको छ। व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोकाे चीनको सांघाई सहरमा आइतबार औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रम स्टेट काउन्सिल प्रमुख ली छ्याङले उद्घाटन गरेका थिए। उद्घाटनमा लीले राष्ट्रपति सी जिङपिङको ‘कि नोट’समेत जारी गरेका थिए। कि नोटमा राष्ट्रपति सीले विश्व अर्थतन्त्रमा पुनः प्राप्ति गर्ने लगानीको अभाव देखिएको र विकासका लागि सबै देशहरूले मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन्।

यसबाहेक राष्ट्रपति सीले चीन सधैँ विश्व विकासका लागि महत्वपूर्ण अवसरको रूपमा रहने उल्लेख गर्दै सन्तुलित तथा ‘विन विन’ साझेदारीमा साथ दिनसमेत अन्य राष्ट्रहरूलाई आग्रह गरेका छन्। सीले चीनले ठूलो बजारको फाइदा लिँदै सहभागी हुन, अन्तर्राष्ट्रिय खरिद, लगानी प्रवर्द्धन, जनता–जनताबीचको आदान–प्रदान र खुला सहयोग मञ्चमा साझेदारी बढाउँदै लगिने बताएका हुन्।

यसबाहेक, उद्घाटन समारोहमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्वानिजलगायतले कि नोट जारी गरेका थिए। चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पोमा नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी छन्।

एक्स्पोमा व्यापार तथा लगानीका क्षेत्रहरूको पहिचान गराउन नेपाललगायत एक सय ३५ वटा राष्ट्रको सहभागिता रहेको छ। यसबाहेक, सिआइआइईमा तीन हजार चार सयभन्दा बढी अन्तर्राष्ट्रिय कम्पनी र संघसंस्था, चार लाख १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायी सहभागी छन्। एक्स्पो नोभेम्बर १० सम्म चल्नेछ।

चीनले सन् २०१८ देखि सिआइआइई प्रत्येक वर्ष आयोजना गर्दै आएको छ। खुला विश्व अर्थव्यवस्थामा लगानी बढाइरहेको चीनले सिआइआइईमा लगानीकर्ताको संख्यासमेत बढाउँदै लगेको छ। चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो पाँच एक्स्पोमा एक सय ३१ देशबाट २० लाखभन्दा बढी कम्पनी दर्ता भएका थिए।

अघिल्लो वर्षको एक्स्पोमा १५ हजार भन्दा बढी कम्पनीले व्यापार प्रदर्शनीमा भाग लिएका थिए। जसमा दुई हजारभन्दा बढी नयाँ उत्पादन, टेक्नोलोजी र सेवाहरूको समेत उद्घाटन गरिनुका साथै करिब तीन सय ५० बिलियन अमेरिकी डलरबराबरको अस्थायी लगानी सम्झौताहरू भएका थिए।

नेपाली वस्तुहरूको प्रचारप्रसार तथा बजार प्रवर्द्धनका लागि नेपालबाट पनि हस्तकलाका तीनवटा स्टल प्रदर्शनीमा राखिएको छ।

ad
ad