सरकारले भूकम्पमा परी ज्यान गुमाएकाहरूको परिवारलाई तत्काल दुई लााख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
यसैगरी, राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नियमानुसार दैनिक खाना र खाजा खर्च उपलब्ध गराउने सरकारको निर्णय छ।
भूकम्पबाट प्रभावितहरूको सरकारी स्वास्थ्य संस्थाले निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारले निर्णय गरेको छ।