१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गुल्सन र रोहितको अर्धशतकमा ओमानलाई १८५ रनको लक्ष्य 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३८:oo

अलराउन्डर गुल्सन झा र कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको फाइनल खेलमा ओमानलाई एक सय ८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। 

नेपालले आइतबार कीर्तिपुर मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा मात्र ६ विकेट गुमायो। गुल्सन झाले २५ बलमा ५४ रनको इनिङ्स खेले। कप्तान रोहितकुमार पौडेलले  ३७ बलमा ५२ रन बनाए । ३६ बलमा पाँच चौका र दुई छक्काकाे मद्दतमा ५१ रन बनाएका थिए। रोहितको टी–२० आईमा यो पाँचौँ अर्धशतक हो। 

ओपनर कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाएर आउट भए। ६ बलको सामना गरेका करण केसीले २० रन बनाए। 

ओमानका विलाल खानले चार ओभरमा सर्वाधिक तीन विकेट लिए। उनले चार ओभर मात्र २६ रन खर्चिए। अकिव इल्यासले दुई विकेट हात पारे। 

नेपालले २.४ ओभरमा १५ रन जोड्दा पहिलो विकेटको रूपमा ओपनर आसिफ शेखलाई ६ बलमा ६ रन बनाउँदा गुमायो। ६.१ ओभरमा तेस्रो नम्बर क्रिजमा पुगेका सन्दीप जोरालाई १३ बलमा १० रन बनाउँदा गुमायो। 

नेपालले ४७ रन जोड्दा जोरालाई जिसन मक्सुदले बोल्ड गरे। ओपनर कुशल भुर्तेल विकेट विकेटले रूपमा ३१ रन बनाएर आउट भए। २३ बलमा चार चौका र दुई छक्का प्रहार गरेका कुशललाई अकिव इल्यासले मेहरान खानबाट क्याच आउट गराएका हुन्। कुशल भुर्तेल आउट हुँदा नेपालले ७.१ ओभरमा ४९ रन बनाएको थियो। 

चौथो नम्बर क्रिजमा आएका कुशल मल्ल तीन रन जोडेर पेभिलियन फर्किए। नाै बलको सामना गरेका मल्ललाई अकिव इल्यासले बोल्ड गरे। मल्ल आउट हुँदा ९.६ ओभरमा नेपालले चार विकेट गुमाएर ६० रन बनाएको थियो। 
गुल्सन झाले १२औँ ओभरमा मक्सुदलाई दुई चौका र दुई छक्कासहित २१ रन प्रहार गरे पनि मध्यक्रममा नेपालले लय समातेको थियो। 

गुल्सन २५ बलमा ५४ रन बनाएर विलाल खानको बलमा सकिव अहमेदको हातबाट क्याच भए। 

गुल्सन र रोहितले पाँचौँ विकेटका लागि ४२ बलमा ७८ रनको बलियो साझेदारी गरेका थिए। फाइनल खेलमा आक्रामक अर्धशतक बनाएका छन्। गुल्सनले २० बलमा पाँच चौका र चार छक्कासहित अर्धशतक बनाएका थिए। 

१५.४ ओभरमा उनले अर्धशतक बनाउँदा नेपालले एक सय २४ रन बनाएर चार विकेट गुमाएको थियो। सन् २०२२ मा फिलिपिन्ससँग डेब्यु गरेका गुल्सनको टी–२० आईमा पहिलो अर्धशतक हो। 

नेपाल र ओमान यसअघि नै टी–२० विश्वकपमा छनोट भएका छन्। सेमिफाइनलमा नेपालले युएईलाई आठ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएको थियो।

ad
ad