१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २१:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

क्रिकेट खेलाडीका लागि सरकारले घोषणा गरेको एक करोड ५७ लाख निकासा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २१:५४:oo

नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ। 

विभिन्न तीनवटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको रु. एक करोड ५७ लाख ५० हजारबराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए। 

सदस्ससचिव घिसिङका अनुसार प्रोत्साहन पुरस्कार रकम उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ले पहिल्यै निर्णय गरेको भए पनि पनि अर्थ मन्त्रालयले आज निकासा गरेको हो। सरकारले दिने भनेको पुरस्कार रकम ढिलै पनि पाउँदा खेलाडी र प्रशिक्षकलाई सकारात्मक ढाडस मिल्ने घिसिङ बताउँछन्। 

सरकारले गत वैशाख ५ देखि १८ गतेसम्म चलेको एसिसी मेन्स प्रिमियर कपका लागि रु. ७९ लाख निकासा गरेको छ। गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु. ६ लाख र अन्य टिम अफिसियलाई जनही रु. तीन लाख प्रोत्साहनस्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो।

 गत फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको आइसिसी अन्डर– १९ मेन्स सिडब्लुसी–एसिया क्वालिफायरका लागि रु. ४६ लाख  र गत फागुन २७ देखि चैत २ गतेसम्म चलेको आइसिसी सिडब्लुसी लिग– २ को रु. ३२ लाख ५० हजार उपलब्ध गराइने सदस्यसचिव घिसिङले जानकारी दिए। 

ad
ad