१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार ११:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालमनोविज्ञानमा चित्रकलाको सकारात्मक प्रभाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:१२:oo

विश्वप्रसिद्ध कलाकारहरू बालबालिकासँग चित्र बनाउन चाहन्छन् । अबोध बालबालिकाले सिर्जना गरेका चित्र दुर्लभ हुन्छन् । तिनै दुर्लभ चित्रलाई प्रेरणाको स्रोत ठानेर विश्वप्रसिद्ध कलाकारहरूले चित्र बनाउँछन् । तसर्थ, बालबालिका सिर्जनाको स्रोत हुन् । उनीहरूको सिर्जनालाई प्रस्फूटन हुने अवसर दिनुपर्छ । उनीहरूको सिर्जनशीलता अभिव्यक्त गर्ने एक सशक्त माध्यम चित्रकला हो । बालबालिकालाई चित्रकला सिकाउनुका धेरै फाइदा छन् । यसले बालबालिकाको भावनात्मक, शारीरिक र मानसिक विकासमा सहयोग पुर्‍याइरहेको हुन्छ । चित्रकलाका दौरान मस्तिष्कले विभिन्न काल्पनिक र रमाइला कुराहरू सोचिरहेको हुन्छ । बालबालिका नयाँ दुनियाँमा पुग्छन् र उनीहरूले मानसिक रूपमा फ्रेस महसुस गर्छन् । 

ध्यान क्षमता वृद्धि : पहिलो कुरा बच्चाले ध्यान गर्ने क्षमता बढ्छ । चित्र बनाउँदा हामी ध्यानमग्न रहनुपर्छ । एउटा फूल बनाउनुपर्‍यो भने त्यसलाई राम्रो तरिकाले बनाउनका लागि यसैमा ध्यान केन्द्रित गर्नुपर्छ । अन्यथा, चित्र आकर्षक हुन सक्दैन । त्यसैले चित्रकलाले ध्यान केन्द्रित गर्न सिकाउँछ । अन्य विषय पढ्नका लागि पनि यो आवश्यक छ । 

उत्प्रेरणा : चित्रकलाले विद्यार्थीलाई मोटिभेट गर्छ । जस्तो, प्रकृतिक, बोटबिरुवा, जनावरका चित्र बनाउँदा उनीहरू निकै खुसी र उत्साही हुन्छन् । यसले उनीहरूमा सकारात्मकता प्रवाह गर्छ । उनीहरू सिर्जनशील बन्छन् । तसर्थ, क्रिएटिभ लर्निङका लागि पनि चित्रकला महत्वपूर्ण छ । 

धैर्य : चित्र बनाउन धैर्य चाहिन्छ । धैर्य भएन भने राम्रो काम हुँदैन । हुन तः चित्र सधैँ राम्रो बन्छ भन्ने पनि छैन । तर, विद्यार्थीले राम्रै बनाउनुपर्छ भनेर प्रयास गरिरहेको हुन्छ । चित्रकला गर्ने विद्यार्थीको हस्तलेखन पनि राम्रो हुन्छ । 

सिकाइ प्रक्रिया 
बालबालिकालाई आधारभूत रूपमा सुरुमा ६ महिना (२४ वटा क्लास) सिकाउनु राम्रो हुन्छ । उनीहरूलाई चित्रकलाका आधारभूत पक्ष सिकाएपछि चित्र बनाउन लगाइन्छ । ती चित्रलाई प्रदर्शनीमा राखिन्छ र विद्यार्थीलाई प्रमाणपत्र पनि दिइन्छ । मेरो बुझाइमा कम्तीमा ५ कक्षा पढ्ने भएपछि मात्रै विद्यार्थीलाई चित्रकला सिकाउनु राम्रो हुन्छ । किनकि, यतिवेलासम्म बालबालिकाहरू बुझ्ने भइसकेका हुन्छन् ।

जसकारण, उनीहरूलाई जीवनसँग एट्याच गरेर पेन्टिङ सिकाउन सकिन्छ । रङको महत्व, जीवनको महत्व, जीवनमा ऊर्जाको महत्व, राम्रो–नराम्रो पक्षबारे बुझाउन सकिन्छ । बेसिक कोर्स गरिसकेका विद्यार्थीले त्यसपछि घरमै बसेर पनि आफ्नो कलालाई निखार्न सक्छन् । त्यस्तै, समय मिलाएर थप तालिम पनि लिन सक्छन् । विद्यार्थीलाई आधारभूत कोर्सका दौरान शून्य बिन्दुबाटै (सुरुमा धर्सा तान्न) सिकाउनुपर्छ । राम्ररी तालिम दिँदै गएपछि उनीहरू प्राविधिक रूपमा चुस्त हुन थाल्छन् । चित्रकला गर्नेको हस्तलेखन पनि राम्रो हुन्छ । 

अंग्रेजी, नेपाली भाषाको व्याकरण भएजस्तै चित्रकलाको पनि आफ्नै व्याकरण हुन्छ । विद्यार्थीलाई आधारभूत पक्ष र व्याकरणबारे सिकाइन्छ । 

त्यस्तै, विद्यार्थीलाई विभिन्न थरीका पेन्सिल र ती पेन्सिल चलाउने तरिका सिकाउनुपर्छ । रङ कसरी चलाउने ? ब्रस कति किसिमको हुन्छ ? यी कुरा सिकाउनुपर्छ । रंङ के हो ? प्राइमरी कलर, सेकेन्डरी कलर, कम्प्लिमेन्ट्री कलर भनेको के हो ? कुन रङमा कस्तो रङ मिसाउँदा कस्तो रङ बन्छ ? एउटा क्यान्भासमा कुन रङ कहाँ बस्छ ? रातो रङ कहाँ बस्छ, पहेँलो कहाँ, हरियो कहाँ बस्छ ? यस्ता आधारभूत पक्षबारे सिकाइन्छ । 

आयल (तेल) कलर, वाटर (जल) कलर के हो ? यीबीच भिन्नता के छ भनेर सिकाउनुपर्छ । वाटर कलरको प्रयोग ‘लाइट टु डार्क’ र आयल कलरको प्रयोग ‘डार्क टु लाइट’ हो भन्ने प्रारम्भिक जानकारी दिनुपर्छ । बजारमा पाइने वाक्स कलर, पोस्टर कलर, एक्रेलिक कलरको प्रयोग तेल रंगीय शैलीमा गर्नुपर्छ । कुनै पनि चित्रमा लाइट एन्ड सेड अनिवार्य हुन्छ । लाइट एकातर्फ पर्छ, अर्कोतर्फ सेड (छायाँ) पर्छ । कसरी पर्छ भन्ने कुरा ‘लाइट एन्ड सेड’मा सिकाइन्छ । 

ad
ad