१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:५८:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वभौम संसद्ले गरेको निर्णयविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। 

एमाले बागमती प्रदेश संसदीय दलको बुधबार ललितपुरमा बसेकको बैठकले मुख्यमन्त्री जम्कट्टेलले वैदेशिक भ्रमणमा जानुअघि गत कात्तिक ३ गते भक्तपुरको मध्यपुर थिमिमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको हो।

मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको भन्दै परिवर्तन गर्नुपर्ने बताएका थिए।

उनले प्रदेश राजधानी हेटौँडा प्रदेशको एउटा कुनामा रहेको र चितवन र मकवानपुरबाहेक अरू ११ जिल्लालाई अपायक रहेको टिप्पणी गरेका थिए। 

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी धुलिखेल र नाम नेवा–ताम्सालिङ राखिनुपर्ने बताउँदै नाम र राजधानी परिवर्तन प्रदेश सभाको क्षेत्राधिकारभित्र पर्ने भएकाले उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुवै परिवर्तन हुने दाबी गरेका थिए।

प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने तत्कालीन समयमा प्रदेश सभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ हुनुपर्ने अडान लिए पनि सम्भव नभएको दाबी गरेका थिए।

एमाले बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलको उक्त अभिव्यक्तिले सामामाजिक सदभावमा खलल पुर्‍याउनुका साथै प्रदेशमा राजनीतिक अस्थिरताको सुरुवात हुने चेतावनी दिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेल स्वयंले प्रदेशमा अस्थिरता निम्त्याउने खोजेको दाबी गर्दै उनले जनतालाई सचेत हुन आग्रह गरेका छन्।

ad
ad