१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

युनिभर्सल मेडिकल कलेजमा २१ दिनदेखि पठनपाठन ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३o:oo

युनिभर्सल मेडिकल कलेजमा २१ दिनदेखि पठनपाठन ठप्प छ । कलेजले उपचार सेवालाई व्यवस्थित गर्दै अध्ययनमा कडाइ गर्न थालेपछि विद्यार्थी आन्दोलित बनेका छन् । प्रिन्सिपल डा. लक्ष्मी पाठकको राजीनामाको एकसूत्रीय माग राखेर विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । 

मेडिकल कलेजमा उपचार सेवामा भएको कमजोरीलाई सुधार गर्दै शैक्षिक गुणस्तर सुधार गर्न कलेज व्यवस्थापनले ड्रेस कोड लागू गरेको छ । इन्टर्नसिप र रेजिडेन्स चिकित्सकले सेतो कोटको भरमा विद्यार्थीलाई जिम्मेवारी दिएर ड्युटी नगर्ने भेटिएपछि कलेजले ड्रेस कोड लागू गरेको हो । चिकित्सकले ओपिडी, आकस्मिक उपचार कक्षसँगै अप्रेसन भएर बेडमा भर्ना भएका बिरामीको राउन्ड चेकअपमा जाँदा पनि विद्यार्थीलाई नै प्रयोग गरेको भेटिएपछि अस्पताल प्रशासनले कडाइ गर्न थालेको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म ड्युटीमा रहेका चिकित्सकले विद्यार्थीलाई जिम्मेवारी दिएर हिँडेपछि उपचार सेवा प्रभावित भएकाले अस्पताल प्रशासनले कठोर नीति अख्तियार गरेको स्रोतले बतायो ।

मेडिकल कलेजमा सयभन्दा बढी आवासीय चिकित्सक र डाक्टरहरू आबद्ध छन् । उनीहरूको ड्युटी फरक–फरक छ । अस्पतालमा सयजना इन्टर्नसिप र डेढ सयजना रेजिडेन्स चिकित्सक छन् । २२ असोजदेखि विद्यार्थीले अस्पतालका सबै विभागमा तालाबन्दी गरेर रिले अनशन सुरु गरेका छन् । उनीहरूले प्रिन्सिपल पाठकले राजीनामा दिनुपर्ने भन्दै अब थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । मेडिकल कलेजले सोमबार विज्ञप्ति जारी गरी विद्यार्थीले उठाएका जायज माग सम्बोधन भएको र प्रिन्सिपल पाठकको राजीनामाको विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ । कलेजले आन्दोलित विद्यार्थीको विषयमा कुनै पनि गलत निर्णय नगर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

ad
ad