Skip This
हेटौँडा उपमहानगरले दुईवटा वडामा नगर अस्पताल सञ्चालन गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक २ बिहीबार १७:५६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हेटौँडा उपमहानगरले दुईवटा वडामा नगर अस्पताल सञ्चालन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १७:५६:oo

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले दुईवटा वडामा नगर अस्पताल सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाले वडा नम्बर १३ र १६ मा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल सञ्चालन गर्ने भएको हो।

उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले नगर अस्पताल सञ्चालनको लागि आवश्यक भौतिक संरचना र जनशक्ति थप गर्ने तयारी थालेको जानकारी दिए। उनले २०७९ सालमै नगरकार्यपालिकाबाट नगर अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको र अहिले ती स्वास्थ्य चौकीहरूलाई अस्पतालको रूपमा विकास गर्ने काम थालेको बताए।

पाँच शय्याको अस्पतालको रुपमा सञ्चालन गर्ने गरी गत आर्थिक वर्षदेखि नै उपमहानगरले नगर अस्पताल सञ्चालनको सोच बनाए पनि तत्काल कार्यान्वयनमा ल्याउन नसेकेपछि यस वर्षबाट काम थालेको उनको भनाइ छ। नगर अस्पताल सञ्चालनमा आवशयक पर्ने भौतिक संरचना, फर्निचर, प्रयोगशालाका सामग्रीलगायत व्यवस्थापनका काम भइरहेको र आवशयक जनशक्ति माग गर्ने कामसमेत भएको निरीक्षक चौलागाईंले बताए।

नगर अस्पताल सञ्चालनका लागि उपमहानगरपालिकाले मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, कम्युटर अपरेटर, अहेव, कार्यालय सहयोगीलगायतका पदमा आवेदनसमेत खुला गरिसकेको छ।