१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस झापा
२o८१ बैशाख २१ शुक्रबार १५:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुपारीको उचित मूल्य नपाएको किसानको गुनासो

Read Time : < 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:२o:oo

कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन्।

झापा, इलाम, मोरङ, उदयपुर र सुनसरी जिल्लाका सुपारी किसानले पत्रकार सम्मेलन गर्दै सरकारले आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका हुन्। 

नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाउनुपर्ने बताए। उनले नेपालमा सुपारी खेतीको विस्तारमा सरकारले चासो देखाए पनि निर्यातलाई सहज नबनाउँदा किसान समस्यामा परेको बताए।

‘काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न सहजै पाउनुपर्छ,’ अधिकारीले भने, ‘हाम्रो मागलाई बेवास्ता गरेमा १० लाखभन्दा बढी सुपारी किसान एकैपटक आन्दोलनमा उत्रिन्छौँ ।’ उनले सुपारी किसानले कृषि विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्दै आफ्ना माग पटकपटक राखिसकेको जानकारी दिए।

अर्जुनधारा नगरपालिकामा विगत ३० वर्षदेखि सुपारी व्यवसाय गर्दै आएका सरेन्द्र साहले बिलौचियामार्फत स्थानीयस्तरमा उत्पादित राम्रो सुपारी भारत जाने र भारतको नराम्रो, कुहिएको सुपारी उनीहरूमार्फत नेपाल आउँदासम्म पनि सरकारले बेवास्ता गरेको गुनासो गरे। सुपारी किसानको नाममा विभिन्न संस्था खोलेर बिचौलिया हाबी हुँदा किसान मर्कामा परेका उनको भनाइ थियो।

झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ। आर्थिक वर्ष ०७९/८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको थियो।

ad
ad