१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एनआरएनएलाई ढकालकाे सुझाव- अब कुराभन्दा काम थालौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:४२:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने वेला आएको भन्दै गैरआवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन्।  

आजदेखि सुरु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनका अवसरमा नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै मातृभूमिमा देखाउन मिल्ने खालको काम गर्न सुझाव दिए। 'अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ,' उनले भने।  

अहिलेको पुस्ताले कुराभन्दा बढी काम मन पराउन थालेको भन्दै उनले उनीहरूले बाहना नपत्याउने बताए। 'अहिलेको पुस्ता कुरा होइन काम गर्न मन पराउँछ। हाम्रा सन्ततिहरूलाई पनि अब कुरा मन पर्न छोडिसक्यो। उनीहरू यो वा त्यो भयो भन्ने बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन्। हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरूलाई बाटो देखाउनुछ, त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो।'

उनले गैरआवासीय नेपालीहरूलाई सम्मेलनमार्फत कुनै ‘प्रोजेक्ट’ सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्नसमेत सुझाव दिए। 

'सम्मेलनमार्फत एउटा प्रतिबद्धता व्यक्त गर्नुहोस्, कुनै ‘प्रोजेक्ट’ नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्को सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस्। त्यो प्रतिबद्धता यहाँहरूले पनि यसै अवसरमा गर्नुहोस् अनि दसैँपछि काम नै थालौँ। त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु।' उनले विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा आफू पनि जोडिन चाहेको उल्लेख गरे। 

'म यहाँहरूसँग सहकार्य गर्न हामी पनि आतुर छौँ। जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौँ। तर, त्यो पर्याप्त छैन। त्यसैले यसलाई सुरुवात नै मानौँ र अब ठूलै स्केलको केही गरौँ। यहाँहरू विश्वको जुनसकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस र यहीँ काम गरौँ,' उनले भने। 

नेपाल उद्योग वाणिज्य महासंघ तथा आफ्नो व्यक्तिगततर्फबाट सम्मेलनको पूर्ण सफलताको कामना गर्दै अध्यक्ष ढकालले सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने निर्णयको स्वागत गरे। 

'एकपटकको नेपाली सधैँको नेपाली भन्ने धारणा अब आएर साकार भएको छ। यसलाई मैले सकारात्मक रूपमा लिएको छु,' उनले भने, 'मलाई लाग्छ हामी नेपाली दाजुभाइ, जहाँ जेसुकै कामले र जसरी रहेको भए पनि नेपाली हौँ र सधैँ नेपाली भएरै रहन पाउनुपर्छ। तब पो हामीहरू सबैलाई नेपाली माया र माटोले तानिरहन्छ।'    
 

ad
ad