Skip This
कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २९ सोमबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका विराटनगर
२o८o असोज २९ सोमबार १३:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार १३:१४:oo

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन्। 

शनिबार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार  मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन्। 

कांग्रेसबाट विद्रोह गरेका आठ तथा एमालेका ३९ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। आइतबार शपथ लिएका कार्कीले एमाले तथा कांग्रेसबाट एक-एकजना गरी विनाविभागीय मन्त्रीसमेत नियुक्त गरेका छन्।