मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २८ आइतबार १८:o१:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

तीन विशिष्ट व्यक्तित्वका तीन कृति एकसाथ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १८:o१:oo

शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठको जीवनी तथा विद्वान लेखक कमलप्रकाश मल्लको नेपाल भाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक एकैसाथ विमोचन भएका छन्।

शताब्दी पुरुष जोशीको जीवनी ‘सत्यको खोज’ जितेन्द्र रसिक कृत हो भने जनकवि श्रेष्ठको जीवनी ‘कवि कविताको छवि’का लेखक आर. मानन्धर हुन्। त्यस्तै, अर्को पुस्तक ‘क्लासिकल नेवार लिटरेचर’ प्रा.डा. मल्लद्वारा ४४ वर्षअघि लेखिएको हो। तीनै पुस्तकको प्रकाशक ‘एजुकेसनल पब्लिसिङ हाउस’ हो।

कार्यक्रममा लेखक जितेन्द्र रसिकले शताब्दी पुरुष जोशी युगको ज्योति भएको र उनकोबारे जति लेखे पनि नसकिने बताए। त्यस्तै, जीवनी लेखक आर. मानन्धरले कवि दुर्गालाल श्रेष्ठलगायत अग्रज भाषिक योद्धाहरूको योगदानको कारण आज नेपाल भाषा र तामाङ भाषाले बल्लतल्ल सरकारी मान्यता पाउन सफल भएको उल्लेख गरे।

कृतिहरूको समीक्षा गर्ने क्रममा समीक्षक गोपीकृष्ण ढुंगानाले सत्यको खोज जोशीको जीवनको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज रहेको र पुस्तकको हरेक परिच्छेद अनुसन्धानमूलक भएको बताए। त्यस्तै, जोशीका जेष्ठ सुपुत्र अणुराज जोशीले सत्यको खोजभित्र आफ्ना बुबाको इतिवृतान्त समावेश रहेको कुरा खुलाए।

समीक्षक कवि सुरेश किरणले आर. मानन्धरको कृतिको चर्चा गर्दै दुर्गालाल जनताको कविको भएको र उनकोबारे जान्न चाहनेलाई यो जीवनी पुस्तक निक्कै महत्त्वपूर्ण रहेको बताए। त्यस्तै, कृतिका नायक कवि दुर्गालाल श्रेष्ठले मन्तव्यको क्रममा कृतिकोबारे अभिव्यक्त गरे, ‘म अब आफ्नो शरीरमा होइन, यो किताबमा छु। लेखकले मलाई शतप्रतिशत किताबमा उतार्नुभएको छ।’

प्रा.डा. मल्लको कृति ‘क्लासिकल नेवार लिटरेचर’को समीक्षा लेखक तथा अधिकारकर्मी मल्ल के. सुन्दर र सर्जक अभि सुवेदीले गरेका थिए। समीक्षकहरूका अनुसार सो कृति प्राचीन नेपाल भाषामा लेखिएका सयौँ कृतिहरूको गम्भीर अनुसन्धानको नतिजा हो। यसै कृतिले अन्वेषकहरूलाई अझै थप शोध–अध्ययनको लागि ढोका खोलिदिएको उनीहरूको भनाइ छ।