१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २८ आइतबार
  • Tuesday, 25 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २८ आइतबार १५:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

एनआइसी एसिया बैंकको वार्षिक साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २८ आइतबार १५:१८:oo

एनआइसी एसिया बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभाले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

आइतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर (रु. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रु. १७ करोड ६५ लाख ३ हजार २४०) वितरणको प्रस्ताव स्वीकृत गरेको हो।

वार्षिक साधारणसभाले २९ प्रतिशत बोनस सेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पुँजी रु. १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ।

साथै, सभाले आर्थिक वर्ष ०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित ०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरण स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

ad
ad
ad
ad