१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २५ बिहीबार १७:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय प्रधानमन्त्रीको गुन्जी भ्रमणबारे ध्यानाकर्षण भएको छ : परराष्ट्र मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २५ बिहीबार १७:३८:oo

परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गुन्जी भ्रमणबारे ध्यानाकर्षण भएको जनाएको छ।

दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा मोदीले भ्रमण गरेको विषय सांसदहरूले संसदमा समेत उठाएका थिए। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी छिन्।

एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘भारतीय प्रधानमन्त्रीको गुन्जी भ्रमणबारे हाम्रो ध्यानाकर्षण भएको छ। के हो भनेर हामी जानकारी लिने क्रममा छौँ। एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदाको प्रोटोकल जे हो, त्यो पूरा गर्नुपर्छ। थप बुझ्दै छौँ।’