१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
बिहीबारकाे प्रतिनिधिसभा बैठक । तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालोबजारी नियन्त्रण गर्न सांसदहरूको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:o२:oo

दसैँ, तिहार, छठजस्ता हिन्दु धर्मावलम्बीका महत्वपूर्ण चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र कालोबजारी बढेको भन्दै सांसदहरूले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैकको शून्य समयमा बोल्दै सांसदहरूले मूल्यवृद्धि र कालोबजारीले सर्वसाधारण जनताको ढाड सेकेको भन्दै नियन्त्रण गर्न र सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् । 

चाडपर्वका वेला व्यापारीले उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गराउँदा उपभोक्ता ठगिने गरेको भन्दै सांसदहरूले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न पनि माग गरेका छन् । 

सांसदहरू प्रतीमा गौतम, प्रदीप पौडेल, प्रेमबहादुर महर्जन, पदम गिरी, बलराम अधिकारी, तारा लामा तामाङ, दीपक खड्का, दीपक गिरी, दीपा शर्मा, धनबहादुर बुढालगायतका सांसदले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनीहरूले चाडपर्वको मुखमा चिनीको कृतिम अभाव सिर्जना गरिएको र बजारमा कालोबजारी बढेको देखिँदा देखिँदै सरकारका संयन्त्र लाचार देखिएको भन्दै आलोचनासमेत गरे । 
 

ad
ad