मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २५ बिहीबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २५ बिहीबार १५:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘स्ट्रिक्स प्रोफेसनल’को नयाँ कलेक्सन ‘मर्कुरिअल’ प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २५ बिहीबार १५:३o:oo

‘स्ट्रिक्स प्रोफेसनल’ले काठमाडौंमा आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’को प्रदर्शनी गरेको छ। ‘स्ट्रिक्स प्रोफेसनल’ले सेलेब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ एक भव्य साे आयोजना गरी उक्त कलेक्सन प्रस्तुत गरेको हो।

‘स्ट्रिक्स प्रोफेसनल’ प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्टलक्षित गरी आयोजना गरिएको कम्पनीले बताएको छ। एक मुडबाट अर्कोमा आउने सहज परिवर्तनका स्वरूपहरूको कलेक्सन कपालको कटाइ, रङ र स्टाइलमा प्रतिबिम्बित हुने बताउँदै स्ट्रिक्स प्रोफेसनलले प्रदर्शनी आयोजना गरेको हो।

‘मर्कुरिअल’को फेसन सोमा कपालको हेरचाह, रङ र स्टाइलका व्यावसायिक श्रेणीका उत्पादन, यसको नयाँ कलेक्सन’हरू रहेका छन्। रुचि र स्वभावहरू परीक्षण गर्न रुचाउने दर्शकहरूमाझ यो कलेक्सन निकै लोकप्रिय भएको कम्पनीले जनाएको छ।

सेलेब्रिटी हेयरस्टाइलिस्ट विपुल चुदासले हेयरस्टाइलिस्टहरू जहिले पनि फेसनउन्मुख भएका संग्रहको खोजीमा हुने बताए। उनले कपालको कटाइ, रङ, स्टाइल, सिर्जनशीलता र नवीनतालाई चुनौती दियोस् भन्ने चाहने बताए।

कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका विभिन्न उत्पादनबाट सिर्जित केशसज्जाका संग्रहहरूसमेत प्रस्तुत गरिएको थियो।