१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कार्यकर्तालाई पूर्वमुख्यमन्त्री शाहीको निर्देशन- आगामी निर्वाचनमा एकल लड्ने माहोल तयार गर्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कार्याकर्तालाई एकल रूपमा निर्वाचन जित्ने माहोल बनाउन निर्देशन दिएका छन्। 

गृहजिल्ला हुम्लाको  सदरमुकाम सिमकोट पुगेर आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्। 

‘आगामी ०८४ सालको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेसले एकल रूपमा निर्वाचन जित्ने माहोलको तयारीमा लाग्नुहोस्,’ कांग्रेस हुम्लाले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा शाहीले भने। 

‘स्थानीय तहदेखि हरेक क्षेत्रमा अहिले पनि कांग्रेसविरुद्ध घेराबन्दी हुने गरेको छ। जतिसुकै मोर्चा बनाएर निर्वाचन लडे पनि परिणाम निस्केको पछिल्लो दिन अरू राजनीतिक दलहरू कांग्रेसविरुद्ध मोर्चामा लाग्ने गरेकाले अब हामी एकल रूपमै निर्वाचन जित्ने तयारीमा लाग्नुपर्छ,’  मुख्यमन्त्री शाहीले बताए। 

पार्टीभित्र देखिएको गुटउपगुटको समस्या ठूलो नभएको उल्लेख गरेका नेता शाहीले आउँदो निर्वाचनमा शक्तिशाली कांग्रेस पार्टी बनाएर जाने वातावरण तयार गर्न सातवटै गाउँपालिकाका नेता–कार्यकर्तालाई निर्देशन दिए। 

 पार्टीलाई असर पर्ने गरी गुट बनाउन पाउने छुट कसैलाई नभएको चेतावनी दिएका शाहीले पार्टीका नेता तथा कार्यकर्ता पनि भन्ने, तर निर्वाचनमा अन्य पार्टीलाई सहयोग गर्ने कांग्रेसको नेता–कार्यकर्ता कोही हुन नसक्ने भन्दै कुनै विषयमा समस्या भए आफू बसेर समाधान गर्न तयार रहेको बताए। 

निर्वाचनमा घात–प्रतिघात गरे कसैका लागि राम्रो नहुने चेतावनी दिएका शाहीले इमानदारीका साथ पार्टी निर्माणमा लागे जिल्लाका अन्य पार्टीभित्र देखिएको असन्तुष्टिका कारण पनि कांग्रेस पार्टी जिल्लाका नेता–कार्यकर्ताको आकर्षणको केन्द्र बनेको दाबी गरे।
 
कांग्रेस नेता विमलेन्द्र निधिसहित सिमकोट पुगेका शाहीले लिमी–लाप्चाबाट कैलाश मानसरोवरको दूरदर्शन गर्ने र केही दिन जिल्लामै रहने कार्यक्रम रहेको नेपाली कांग्रेसका जिल्ला सभापति मोहनविक्रम सिंहले जानकारी दिए। 

कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा कांग्रेस केन्द्रीय सदस्य रंगमती शाही, सीताकुमारी राना, ट्रेड युनियनका पूर्वसभापति खिलानाथ दाहाल, महिला संघकी केन्द्रीय सदस्य रीता शाही, कांग्रेस प्रदेश कार्यसमितिका सभापति जयपति रोकायालगायतकाे प्रशिक्षणमा उपस्थिति रहेकाे थियाे।

ad
ad