
महानगरवासीलाई निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउन आज काठमाडौं महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ। प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा उक्त सम्झौता भएको हाे।
महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
यसअघि महानगरको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ। स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन लागिएको हो।