१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ बैशाख २१ शुक्रबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कपिलवस्तुका तीन ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५६:oo

कपिलवस्तुमा विभिन्न ठाउँमा प्रहरीले यात्रु सहायता कक्षा सुरु गरेको छ। नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी शनिबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

‘समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्ष हो। प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने। यात्रा गरिरहँदा चोरी भएमा, सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न सहायता कक्षले सहयोग पुर्‍याउने उपरीक्षक पौडेलले बताए।

पौडेलका अनुसार नेपाल–भारत सिमानाका कृष्णनगर, तौलिहवा र गोरुसिंगेमा यात्रु सहायता  कक्ष सञ्चालन  गरिएको छ। अब  एक–दुई दिनमै पिपरा, चन्द्रौटा र चाकल चौडामा पनि सहायता कक्ष सञ्चालन गरिने उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दसैँ–तिहार र छठ विशेष सुरक्षा योजना शनिबारदेखि सुरु गरेको बताएको छ। दसैँ–तिहारमा यात्रु सहायता कक्षलगायत सञ्चालनसँगै विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरिने बताएको छ। त्यससँगै प्रहरीले सेफ्टी पिन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

साथै, चाडपर्वलाई लक्षित  गरी जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत  नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट पनि जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्तीहरू बढाइएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

ad
ad