१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १९ बुधबार १६:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

व्यवसायीको गोदामबाट ११ लाखको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:२८:oo

कञ्चनपुर प्रहरीले एक व्यवसायीको गोदामबाटै अवैध सामान बरामद गरेको छ। प्रहरीले शुक्रबार महेन्द्रनगरका एक व्यवसायीको गोदामबाट लाखौँको अवैध समान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुष्करराज पन्तले भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरका सुशील गुप्ताले सञ्चालन गरेको हिमान्सु प्लास्टिक स्टोरबाट ११ लाखका अवैध प्लास्टिकका सामान बरामद गरिएको बताए। उनका अनुुसार भन्सार क्षेत्रबाटै प्रहरी टोलीले क्यारिङकर्ता पछ्याउँदै जाने क्रममा गोदामसम्मै पुग्दा प्रहरीले शंका लागेर चेकजाँच गर्दा अवैध सामान भेटिएको हो।

दुई दिनअघि मात्रै प्रहरीले यसरी नै भन्सारभन्दा केही वरबाट क्यारिङकर्ता पछ्याउँदै आएर भीमदत्त नगरपालिका– ६ ऐठपुरका एक व्यवसायीको गोदामबाट १० लाखका अवैध सामान बरामद गरेको थियो।

ad
ad