मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २० शनिबार
  • Sunday, 24 November, 2024
फोटो : ज्ञानेन्द्र कार्की
२o८o असोज २० शनिबार १o:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतले जित्यो महिला कबड्डीमा  स्वर्ण : नेपाल र इरान कांस्यमा सीमित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २० शनिबार १o:२२:oo

भारतीय महिला कबड्डी टोलीले शनिबार १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा स्वर्ण जितेको छ । हाङझाउमा बिहान भएको स्वर्ण भिडन्तमा भारतले चाइनिज ताइपेइलाई प्रतिस्पर्धात्मक खेलमा २६–२५ हराएको हो । भारतले पहिलो तथा दोस्रो हाफमा समान आठ अक बोनस पाएको थियो । ताइपेइले दुवै हाफमा समान दुई बोनस पायो । भारतले ताइपेइलाई चारपटक अलराउट गर्‍यो । 

यसअघि भारतले पहिलो सेमिफाइनलमा नेपाललाई ६१–१६ ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । चाइनिज ताइपेइले प्रतियोगिताकै साविक स्वर्ण विजेता इरानमाथि ३५–२४ को जित निकाली फाइनल स्थान सुरक्षित गरेको थियो । नेपालले समूह चरणमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । डेब्यू खेलमै एकमात्र जितले नेपालको एसियाडमा कास्य सुरक्षित भएको हो । 

प्रतियोगिताको नियम अनुसार इरान र नेपाल सेमिफाइनलिस्टले संयुक्त रुपमा कास्य पदक जितेका छन् । नेपाललाई १९औँ एसियाडमा पदक विहिन हुनबाट मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रुहेका छन् । 

राष्ट्रि खेलकुद परिषद्ले महिला कवडडीलाई अन्य खेलका रुपमा राखेको थियो । यस खेलबाट पदक जित्ने संभावना नरहेका कारण राखेपले अन्य खेलको दर्ता दिइएको हो । यसलाई केवल अन्तर्राष्ट्रिय एक्सपोज प्राप्त गर्ने किसिमले मात्र एसियाडमा सहभागी गराइएको हो । राखेपले उसु, बक्सिङ, कराते, तेक्वान्दो, क्रिकेट, र पब्जीबाट पदकको आशा गरेको थियो । यसै कारण यी खेलहरुलाई हाइप्रोफेमेन्सका रुपमा राखी विशेषत प्रशिक्षण प्रदान गरिएको थियो । 

तर अनपेक्षित रुपमा यसै महिला कवडडी खेलले नेपाललाई अहिलेसम्म एक वटामात्र कास्य पदक दिलाउन सफल भएको छ । यससँगै नेपाल एसियाडको १०औँ संस्करण देखि पदक जित्ने अभियानलाई निरन्तरता दिएको छ । सन् २०१० को बेइजिङ एसियाड देखि नेपाल एक वटा पदकमा मात्र सिमित भइरहेको छ । 

सन् २००६ को दोहा एसियाडमा नेपालले तेक्वान्दो तीन वटा कास्य जितेको थियो । त्यसबेला दीपक विष्ट, आयुषा शाक्य र मनिता साहीले कास्य जितेका थिए । एसियाडमा दीपकले ब्याक टु ब्याक कास्य पदक जितेको रेकर्ड राखेका छन् । एसियाडमा लगातार दुई संस्करणमा पदक जित्ने उनीमात्र एक्लो खेलाडी हुन् । 

क्यानोइङमा नेपालका गणेश फाइनल चरणमा
१९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङ फाइनल चरणमा प्रवेश गरेका छन् । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणमा शीर्ष दश भित्र रहँदै उनी फाइनलमा प्रवेश गरेको नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिएका छन् । फाइनल चरणमा दश खेलाडीबीच शनिबारै दिउँसो प्रतिस्पर्धा श्रेष्ठले बताएका छन् । यसअघि हिट चरणबाट गणेशसहित १६ खेलाडी सेमिफाइनल प्रवेश गरेका थिए । फाइनल चरणमा शीर्ष तीनमा पर्ने खेलाडीले पदक पाउनेछन् ।