१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

विश्वकप छनोट : नेपाल र लाओसबीचको पहिलो खेल असोज २५ मा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:१४:oo

फुटबल वर्ल्ड कप– २०२६ क्वालिफायर्स एसिया जोन राउन्ड–१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रंगशालामा हुने भएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले उक्त जानकारी दिएको हो। फिफा वरीयतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छन्। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उनले बताए। खेलको ‘कमर्सियल मिडिया राइट’ सिंगापुरस्थित स्पोर्टस् फाइभलाई प्रदान गरिएको छ।

खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ रु. तीन सय र भिआइपी पाराफिटतर्फ रु. पाँच सय कायम गरिएको छ। खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ। सो प्रतियोगिताका लागि रु. ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ।

ad
ad