१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २५ मंगलबार १५:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महेन्द्रनगरका व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सामान बरामद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:oo:oo

कञ्चनपुर प्रहरीले महेन्द्रनगरका एक व्यवसायीको निजी निवासबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले महेन्द्रनगरका व्यवसायी तीर्थ भाटको गोदाम घरबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको हो।

बिहीबार दिउँसो भाटको भीमदत्त नगरपालिका– ६ ऐठपुरस्थित घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको जनाएको छ। प्रहरी निरीक्षकद्वय पुष्करराज पन्त र हर्षबहादुर चन्दले भारतबाट ल्याएको सामान पछ्याउँदै निवासमा पुगेपछि प्रहरी टोलीले तीन बोरा चिनी र एक बोरा मिस्रीसहित भन्सार नकाटेका अन्य सामान बरामद गरेकाे थियाे।

सामान बरामद गरिएको स्थलमा पुगेका कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले भन्सार चोरी पैठारीका सामान बरामद गरिएको बताए। ‘हामीले चाडबाडका वेला विशेष अभियान नै चलाएका छौँ,’ उनले भने, ‘यही सिलसिलामा भाटनिवासमा समेत फलो गर्दै जाँदा सामान बरामद गरेका छौँ।’

बरामद गरिएका सामान अधिकांश खाद्यान्न र किराना पसलका रहेका बताउँदै उनले बरामद गरिएको सामान लाखौँ मूल्यबराबरको भएको बताए। व्यवसायी तीर्थ भाटले भने आफू बिरामी भएकाले चार महिना लगातार पसल बन्द गर्नुपर्ने भएकाले सामानको बिलबिजक कतै राखिएकाले खोज्नुपर्ने प्रतिक्रिया दिएका छन्।

ad
ad