१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १७ बुधबार १०:०४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिभरपुल कलेजको हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १७ बुधबार १०:०४:००

एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा मंगलबार लिभरपुल कलेजले इस्लिङटन कलेजविरुद्ध ६ विकेटको जित निकालेको छ । जितसँगै २ खेलमा २ अंक जोडेको लिभरपुल समूह ‘बी’ को दोस्रो स्थानमा छ । दुवै खेलमा पराजय व्यहोरेको इस्लिङटन पुछारमा छ ।

मूलपानी रंगशालामा इस्लिङटनले दिएको ४६ रनको लक्ष्य लिभरपुलले १२ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो । लिभरपुलका अभिषेक यादवले अविजित १४ र प्रज्वल खत्रीले १४ रन बनाए । इस्लिङटनका शुयस ढकालले २ र मिनाल तिमिल्सिनाले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको इस्लिङटनले ११ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । इस्लिङटनका खालिद हसन अन्सारी र शुभम शाहले समान १० रन बनाएका थिए । लिभरपुलका विशाल केसीले ४ ओभरमा २० रन खर्चिंदै ५, चुन्चुनबाबु यादवले २ र जयराम यादवले १ विकेट लिए ।