१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार o९:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले कोशी प्रदेश अधिवेशन : अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५३:oo

आज दिउँसो मतदान हुँदै 

एमाले कोशी प्रदेशकाे अधिवेशन जारी छ । जारी अधिवेशनमा सहमति जुट्न नसकेपछि मतदान हुने भएकाे छ । अध्यक्ष पदका लागि मोरङका विनोद ढकाल र मोरङकै घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । 

पदाधिकारी चयनका लागि आज निर्वाचन हुने भएको छ । निर्वाचन समिति संयोजक चूडामणि आचार्यले भने, ‘अध्यक्ष र पदाधिकारीमा सहमति जुट्न नसकेपछि आज दिउँसो मध्याह्नदेखि मतदान हुन्छ ।’ 

उपाध्यक्ष पदका लागि धनकुटाका टीकाराम चेम्जोङको एकल उम्मेदवारी दर्ता भएको छ । उनी वर्तमान समितिका पनि उपाध्यक्ष हुन् । एकजना सचिव पदका लागि उदयपुरका सैलेश लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । 

दुई सहसचिव पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिवका लागि शंखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपालीले मनोनयन दर्ता गराएका छन् । 

१२ सय प्रतिनिधि सहभागी एमाले कोशी प्रदेशको प्रथम अधिवेशनले अध्यक्षसहित पाँचजना पदाधिकारी गरी जम्मा दुई सय १५ सदस्यीय समिति चयन गर्नेछ । 

ad
ad