१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

इन्द्रजात्रा : राष्ट्रपति पौडेलले गरे कुमारीको दर्शन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४२:oo

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा (यँया) अवलोकन गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले जुद्ध सालिकदेखि पैदलै हनुमानढोका दरबार क्षेत्र गएर जात्रा अवलोकन गरेका हुन् ।

राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरूले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गरेका हुन् । उनीसँगै जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनीता डंगोलसहित विदेशी पाहुनाहरू पनि वसन्तपुर पुगेका थिए । 

बिहीबार (मुख्य दिन) तल्लो टोल (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै वसन्तपुरसम्म कुमारी रथयात्रा भएको छ । त्यस्तै, वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रको विधिपूर्वक पूजा गरियो । जात्राका अवसरमा लाखे नाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान चलिरहेको छ । 

सोमबार नानिचा यात्रा 
६ असोज शनिबार बिहान १० बजेर ३९ मिनेटको साइतमा योसिं (इन्द्रध्वज) नगर प्रवेश गराइएको थियो । ३३ फुट अग्लो इन्द्रध्वज ९ असोज मंगलबार बिहान १० बजेर ३० मिनेटको साइतमा उठाइएको थियो । यसपछि औपचारिक रूपमा जात्रा सुरु भएको थियो । 

असोज १५ गते महिलाले मात्र रथ तानी नानिचा यात्रा चलाइनेछ । त्यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका–प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिंगोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिंगो सेलाउन घिसारेर लैजाने परम्परा छ । 

विदेशी अतिथिले आज भक्तपुर भ्रमण गर्ने
इन्द्रजात्रा अवलोकनपछि अतिथिहरूले आज भक्तपुर भ्रमण गर्ने भएका छन् । शुक्रबार नै हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरूलाई सहभागी गराइनेछ । इन्द्रजात्रा अवलोकनका लागि उनीहरू बुधबार नै काठमाडौं आएका थिए । महानगरका अनुसार २० जना विदेशी र २२ जना स्वदेशी अथिति काठमाडौं आएका छन् । 

ad
ad