१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Sunday, 23 June, 2024
२o८o असोज १२ शुक्रबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्वदेश फर्किए अर्थमन्त्री डा. महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार o७:२६:oo

अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर फर्किएका छन् ।

उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. महतले नेपालजस्ता अल्पविकसित मुलुकका लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भन्दै छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्था गर्न नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई आह्‍वान गरे । इजिप्टको सार्म अल सेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्‍ट्रको सहभागिता थियो ।

बैठकमा अर्थमन्त्री डा. महतले विश्‍व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवं नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए । 

ad
ad
ad
ad