१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असोज ११ बिहीबार १८:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नारदमुनि गोल्डकप २७ असोजदेखि, आठ टिम भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार १८:५२:oo

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजना हुँदै आएको नारदमुनि थुलुङ गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण आगामी असोज २७ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता असोज २७ गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ।

बसाहाकै खेलमैदानमा हुने प्रतियोगितमा आठ टिम भिड्ने आयोजक बसाहा फुटबल क्लबले जनाएको छ। आयोजक क्लबसहित गोर्खा ब्वाइज फुटबल क्लब झापा, एभरेस्ट फुटबल क्लब सुनसरी, न्यु त्रियुगा फुटबल क्लब सप्तरी, चारतारे फुटबल क्लब मोरङ, एविनियर फुटबल क्लब काठमाडौं, बागमती फुटबल क्लब सर्लाही र कटारी फुटबल क्लब उदयपुरले प्रतिस्पर्धा गर्नेछन्।

आयोजक क्लबका अध्यक्ष गौतम राईका अनुसार प्रतियोगिताको विजेताले ४ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उपविजेताले २ लाख १ हजारका साथमा मेडल र प्रमाणपत्र पाउनेछ।

जम्मा ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता नगरपालिका एवं विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोग, चन्दा संकलन र टिकट बिक्री गरेर हुने आम्दानीबाट सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष राईको भनाइ छ।

विश्वभर फैलिएको कोरोना महामारी र अन्तरिक समस्याको कारण रोकिएको प्रतियोगिता यसपटक भने सञ्चालन गर्न लागिएको हो। २००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा उक्त प्रतियोगिता सञ्चालन हुँदै आएको छ।