मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ११ बिहीबार
  • Wednesday, 15 January, 2025
२o८o असोज ११ बिहीबार o६:३९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ११ बिहीबार o६:३९:oo

बजारमा छोइनसक्नु महँगी बढिरहेको अवस्थामा तपाईंहरू के गर्दै हुनुहुन्छ ?
 हालसम्म बजार अनुगमनको काम गर्दै आएका सम्पूर्ण निकाय असफल भइसकेका छन् । त्यसैले, हामीले धेरै अघिदेखि नै सार्थक र प्रभावकारी बजार अनुगमनका लागि प्रधानमन्त्री कार्यालयमातहत रहने गरी एक उच्चस्तरीय अनुगमन संयन्त्र बनाएर जानुपर्छ भन्दै आएका छौँ । तर, सरकार उपभोक्ता हक र अधिकारप्रति जिम्मेवार देखिएन । त्यसैले, चुस्त आपूर्ति व्यवस्थापन र प्रभावकारी बजार अनुगमनमा समस्या देखिएको हो । जसले गर्दा बजारमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरिरहेका छन् । उपभोक्तामाथि चरम शोषण भइरहेको छ । तैपनि, सरकार मूकदर्शक बनेर बसेको छ । सरकारका मन्त्रालयबीच समन्वय छैन । बजारको माग र आपूर्तिको अवस्थाबारे कसैलाई चासो छैन । 

सरकारले गरिरहेको अनुगमन बजार अनुगमनको अवस्था कस्तो छ ?
विगतमा पनि यस्ता अनुगमन हुने गरेकै हुन् । तर, संख्यात्मक अनुगमन बढे पनि त्यसको बजारमा कुनै सकारात्मक प्रभाव परेको देखिन्न । जहिल्यै एकै प्रकारको कैफियत देखिन्छ । ठुल्ठूला बदमासी गर्नेलाई सामान्य जरिवाना गरेर छाडिन्छ । उपभोक्ता हित संरक्षण कानुन नै फितलो छ । त्यसमा समयानुकूल संशोधनका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ भएको छैन । कर्मकाण्डी अनुगमनले बजार अनुशासित हुँदैन ।  

उपभोक्ता हितका नाममा खुद्रा पसलजस्ता कमजोर संस्था धेरै भएर सरकारले वास्ता नगरेको त होइन ?
हामी धेरै होइनौँ, थोरै छौँ । त्यसैले, हाम्रो आवाज नसुनिएको हुन सक्छ । तर, हामीले सरकारलाई घचघच्याउन र दबाब दिन छाडेका छैनौँ ।