१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o९:oo

प्रेस काउन्सिललले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई दिएको छ । काउन्सिलको ४५औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शर्मालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ छ । सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका दमन राईले पाएका छन् । पुरस्कारको राशि एक लाख दश हजार रुपैयाँ छ । 

सशक्त सञ्चारकर्मी पुरस्कार भने सागर पण्डित र चूडामणि भट्टराईले पाएका छन् । प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामीले पाएका छन् । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार विमल ज्ञवाली, जीवन भण्डारी, शंकर रोका, ताराचन्द्र देवकोटा, श्यामदत्त भट्ट, रामकला खड्कासहित १६ पत्रकारले पाएका छन् । प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाण्डव शर्मा, मीन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओलीसहित १९ युवा पत्रकारले पाएका छन् । 

प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईंसहित ६ जना महिला पत्रकारले पाएका छन् । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकीसहित सात पत्रकारले पाएका छन् । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमले पाएका छन् । प्रेस काउन्सिल साहित्यिक पुरस्रकार हिमाल गुराँस द्वैमासिक र प्रेस काउन्सिल भाषागत पुरस्कार आँजुर द्वैमासिक मैथेली भाषाले पाएको छ ।  

नयाँ पत्रिकाकर्मी कार्कीलाई युवा पत्रकारिता पुरस्कार 
नयाँ पत्रिका दैनिकका दार्चुला समाचारदाता नरेन्द्रसिंह कार्की प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले कार्कीलाई युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । काउन्सिलले शनिबार आयोजना गरेको कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले कार्कीलाई पुरस्कार प्रदान गरिन् ।

ad
ad