मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० असोज ५ शुक्रबार १९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नदीकिनारका बासिन्दालाई सतर्क सहन सानिमा मिडिल तमोर हाइड्रोपावरको आग्रह 

Read Time : < 1 मिनेट
२०८० असोज ५ शुक्रबार १९:२१:००

ताप्लेजुङस्थित निर्माणाधीन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तमोर नदीमा पानीको बहाव घटबढ हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। 

आयोजनाले हालसम्म सम्पन्न भएका केही संरचनाको परीक्षण कार्य सुरु भएकाले नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। 

हाइड्रोपावरका म्यानेजर मणिराज पोख्रेलका अनुसार पावरहाउसतिर पानी जाने सुरुङमार्गमा रहेका गेटहरू निर्माणको अन्तिम चरणमा पुगेका छन्।

परीक्षणका क्रममा तमोर नदीमा पानीको बहाव घटबढ हुने र यसबाट हुन सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी आयोजनाले सूचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो। 

बाँधको अवस्था परीक्षण गरी आवश्यक थप निर्माण तथा मर्मतको कार्य गर्नुपर्ने भएकाले पानी पठाउने र खोल्ने क्रममा जोखिम हुने सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको पोख्रेलले बताए। 

शनिबारदेखि आउँदो बुधबारसम्म नदीकिनारमा नजान र पशुचौपाया नछोड्नसमेत आयोजनाले अनुरोध गरेको छ। सानिमाले ७३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।