१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालविकासमा संगीतको प्रभाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५२:oo

संगीतले बौद्धिक, सामाजिक व्यक्तित्व विकासमा सघाउँछ । वाद्यवादन, गायन, गीत सिर्जनालगायत संगीतका विधामा लाग्दा बालबालिका खुसी र सिर्जनशील हुन्छन् । उनीहरूको धैर्य, आत्मविश्वास र आत्मजागरण बढेर जान्छ । हुन त संगीतका लागि उमेरको हद छैन, जुनसुकै उमेरका मानिसले पनि संगीतको अभ्यास गरेर आफूलाई शान्त राख्न सक्छन् । तर, बच्चैबाट संगीत सुरु गर्दा यसै क्षेत्रमा करिअर बनाउन पनि सहज हुन्छ । 

सिर्जनशीलता : फरक तरिकाले सोच्ने र कल्पना गर्ने बानी बस्छ । पृथक् योजना र दृष्टिकोण बनाउनका लागि यो उपयोगी छ । 

सामाजिक बनाउँछ : संगीत समूहमा बसेर सिकिन्छ । समूहमै बसेर प्रस्तुत गरिन्छ । जसकारण सामाजिक रूपमा घुलमिल हुने, समूहमा विश्वास गर्ने र सहकार्य गर्ने खुबी विकास भएर जान्छ । 

भावनात्मक विकास : भावनामा संगीतको शक्तिशाली प्रभाव रहन्छ । संगीतमार्फत आफूलाई अभिव्यक्त गर्न सक्ने खुबी बालबालिकामा विकास हुनु भनेको उनीहरूको भावनात्मक बौद्धिकता र बुझाइ विकास हुनु हो । 

खुसी : भविष्यमा संगीतमै करिअर बनाउने वा सौखका रूपमा भए पनि यसलाई निरन्तरता दिने बानी विकास हुन्छ । संगीतमा लाग्नेहरू खुसी र भरिपूर्ण हुन्छन् । 

सुन्ने कला : संगीतमा लाग्नेमा ध्यानपूर्वक सुन्ने बानीको विकास हुन्छ । त्यस्तै, भाषाको दखल पनि राम्रो हुन्छ । राम्रोसँग सुन्ने र त्यसलाई मस्तिष्कमा पनि राम्ररी स्मरण गर्ने खुबी विकास हुन्छ । 

ad
ad